Logo

Breaking News 1

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज



काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : १२ बजे