काठमाडाैं । एसिया कप एकदिवसीय क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीच भइरहेको खेल वर्षाका कारण पुन: अवरुद्ध भएको छ ।
श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले ११ दशमलब २ ओभरमा ३ विकेटको क्षतीमा ५१ रन बनाएको अवस्थामा पानी परेपछि खेल पुन: अवरुद्ध भएको हो ।
यसअघि ४ दशमलब २ ओभरमा १५ रन बनाएको अवस्थामा पनि पानी परेपछि खेल अवरुद्ध भएको थियो । भारतका कप्तान रोहित शर्मा ११, विारट कोहली ४ र श्रेयर ऐयर १४ रनमा आउट भए ।
अहिले शुभमन गिल र इशान किसन क्रिजमा छन् । पाकिस्तानका साहिन साह अफ्रिदीले २ र हरिस रउफले १ विकेट लिए । सस्तैमा प्रमुख ३ विकेट गुमेपछि भारतको पारी समस्यामा परेको छ ।
प्रतिक्रिया