Logo

मुख्य समाचार

एसिया कप क्रिकेट : आज पाकिस्तान र भारत भिड्दै



काठमाडाैं । एसिया कप अन्तर्गत आज भारत र पाकिस्तान खेल्दै छन् । नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । टस त्यसको आधा घण्टा अगाडि अर्थात् दिउँसो पौने ३  बजे हुनेछ ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : ४९ बजे