Logo

Breaking News 1

गोरखामा कुकर र तारजडित शंकास्पद वस्तु भेटियाे



काठमाडाैं । गोरखा नगरपालिका–९ कट्टेलचोकको सडक छेउमा कुकर र तारजडित शंकास्पद वस्तु भेटिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भसालका अनुसार शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको हाे ।

प्रमुख भुसालले ‘मर्निङ वाक’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकाे बताए । उक्त शंकास्पद वस्तु निस्कि्रय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको जनाए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : ०५ बजे