काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गरेका छन् ।
समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री दाहालले माधवकुमार नेपाल निर्दोष साबित भएको र नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरेका हुन् ।
सीआईबीले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि अध्यक्ष नेपाल निर्दोष साबित गरेको उनको भनाई छ ।
प्रतिक्रिया