Logo

मुख्य समाचार

रास्वपा सभापति लामिछाने र भारतीय राजदुतबिच भेटवार्ता


१५ भाद्र २०८०, शुक्रबार  

0
Shares

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको हो ।

भेटघाटको क्रममा रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल(भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ।

लामिछाने र श्रीवास्तवबीचको भेटवार्तामा रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनिष झा लगायत सहभागी थिए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : २७ बजे