काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिवार त्यसतर्फ जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिवार त्यसतर्फ प्रस्थान गर्ने भएको हो ।
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता हुनेछन् ।
भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ ।
प्रतिक्रिया