काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवालाई वायुसेवा सञ्चालन नियमावली संशोधन गरेको छ ।
प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर)मा १० औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न ३ वटा जहाज अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो । हाल २ वटा वायुसेवा हुनेले कम्पनी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
सञ्चालनमा आएका र जहाज संख्या कम भएका वायुसेवाले ५ वर्षभित्रै न्यूनतम ५ वटा जहाज पुर्याउनैपर्ने व्यवस्था प्राधिकरणले गरेका छ । त्यस्तै पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया