काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् । देउवाले उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
सभापति देउवाले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभाग, पुष्पा भुसाललाई महिला विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, किरण यादवलाई तराई मधेश समन्वय विभागको जिम्मेवारी छन् ।
त्यस्तै योगेन्द्र चौधरीलाई थारु विभाग, आङ्गेलु शेर्पालाई पर्यटन विभाग, रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय विभागको प्रमुख बनाइएको छ । महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्नुपर्ने व्यवस्था भएपनि ढिलागरी सभापति देउवाले केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएका हुन् ।
प्रतिक्रिया