Logo

मुख्य समाचार

बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु


१५ भाद्र २०८०, शुक्रबार  

0
Shares

बझाङ । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ। बिषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन् ।जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जानकारी दिएको छ । सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो । बिरामी परेकी आमा पुनी कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ३७ बजे