Logo

विश्व

बेलायती रक्षामन्त्रीले दिए राजीनामा



काठमाडौं । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

अठार वर्षदेखि संसद् सदस्य रहेका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् । नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् ।

उनको राजीनामापछि प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ९ : ४८ बजे