काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको सूचना संकलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई भारत पठाएको छ।
यसअघि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य यही प्रकरणको अनुसन्धानका लागि हङकङ पठाइएको थियो । डिएसपी नेतृत्वको टोलीले भारतस्थित नेपाली राजदुतावासमा कार्यरत एसएसपी उमा चतुर्वेदीसँग समन्वय गरेर सूचना संकलन गर्नेछ ।
ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया