काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका भोलिदेखि मानिस आवतजावतका लागि पनि खुला हुने भएको छ । २०७२ को महाभुकम्पपछि बन्द भएको उक्त नाका भोलिदेखि खुला हुन लागेको हो ।
तत्कालका लागि सिन्धुपालचोकका स्थानीयका लागि मात्रै नाका खुल्नेछ । भूकम्पपछि पहिलो पटक मानवीय आवतजावतका लागि उक्त नाका खुला हुन लागेको हो । २०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा ४ वर्ष बन्द भएको थियो ।
तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थित अध्यागमन कार्यालयले पास वितरण सुरु गरेको छ ।
प्रतिक्रिया