Logo

कर्पोरेट

गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जो कोहीले बिहीबारबाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । सेयरको दरभाउ बुझ्न बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ४ : ३७ बजे