Logo

Breaking News 1

हल्कादेखि मध्यम वर्षाकाे सम्भावना



काठमाडौं । बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने तथा बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ६ : ०१ बजे