काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका ६ जनाविरुद्ध इन्टरपोलबाट पर्पल नोटिस जारी हुने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पठाएको पत्रका आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो काठमाडौंले पर्पल नोटिस जारी गर्न सिफारिस गरेको हो ।
इन्टरपोलमा पर्पल नोटिस जारी भएपछि कुनै अपराध अनुसन्धानमा इन्टरपोलका सदस्य राष्ट्रहरुबीच सूचनाको आदानप्रदान हुने व्यवस्था छ । यही प्रकरणका आरोपी अन्य विभिन्न मुलुकमा पनि पक्राउ परेको देखिएपछि इन्टरपोलको सहयोग लिन लागिएको बताइएको छ ।
प्रतिक्रिया