Logo

मुख्य समाचार

आजको विदेशी मुद्राको विनिमयदर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसामा खरिदबिक्री गरिँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा बराबर भाउँ पाउँदा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९९ पैसा कायम भएकाे छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१६ रुपैयाँ र बिक्री दर ३५.३२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४७ रुपैयाँमा काराेबार हुनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२७.५९ पैसा तथा विक्रीदर ४२९.५३ पैसा कायम भएकाे छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : २० बजे