Logo

Breaking News 1

भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान आजदेखि सुरु



रुपन्देही । नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ । भैरहवास्थित गौतम बुद्ब अन्तराष्ट्रिय बिमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।

मंगलबार साताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ  ।

उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । जसका लागि एनएसीले गत भदौं १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : १० बजे