Logo

मुख्य समाचार

रोमनियामा ग्याँस विष्फोट, दुईको मृत्यु ५६ घाइते



बुखारेष्ट । रोमानियाको राजधानी बुखारेस्ट नजिकैको एलपीजी (लिक्वि फाइड पेट्रोलियम ग्यास) स्टेशनमा भएका दुई विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो जानकारी दिएको हो । सरकारका अनुसार बुखारेस्टको उत्तरमा रहेको क्रेभेडिया कम्युनमा आगो निभाउन सहयोग गर्ने ३९ जना अग्निनियन्त्रक दोस्रो आगलागीमा घाइते भएका छन् ।

साथै, अस्पतालका प्रतिनिधि र स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये १० भन्दा बढीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । रोमानियाको आपतकालीन अवस्था निरीक्षण कार्यालयले आगलागी भएपछि करिब २५ वटा दमकललाई घटनास्थलमा लगिएको अल जजीराले जनाएको छ ।

यद्यपि प्रधानमन्त्री मार्सेल सिओलाकुले घाइतेहरुलाई उपचारका लागि विदेश पठाउन सकिने बताएका छन् । सिओलाकु विष्फोटपछि गृह मन्त्रालयमा बसेको क्राइसिस सेलको बैठकमा सहभागी भए पछि उनले सो प्रतिक्रिया दिएका हुन ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ६ : ५० बजे