Logo

Breaking News 1

प्रदेशका मुख्यमन्त्री र प्रमुखलाई किन चाहियो काठमाडौंमा आवास ?



काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेपछि दुईपटक प्रदेशसभाको चुनाव सम्पन्न भइसकेको छ । संघीयताअनुसार ७ वटै प्रदेशमा स्वायत्त सरकारहरु समेत गठन भइसकेका छन् । तर सरकारले भने प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख बस्नका लागि आलिसान भवन काठमाडौंमै निर्माण गरेको छ ।

तिनै भवन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुखहरुलाई हस्तान्तरण गरेका छन् । सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको छ । जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचनामा मात्रै करिब ८५ करोड रुपैयाँ खर्च गरेको छ ।

संघीयता कार्यान्वयनपछि मुलुकमा ७ वटा प्रदेश सरकार छन् । ति प्रदेश सरकारले प्रदेशको विकासको काम गर्ने दाबी गरिदै आएको छ । तर कोशी प्रदेशमा पछिल्लो समय देखिएको अन्यौलताले भने नेपालमा संघीयता आवश्यक छैन भन्नेहरुलाई बल पुगेको छ ।

अर्कातर्फ गठबन्धन जोगाउन मन्त्रालय विभाजन गर्नेदेखि प्रदेश सरकारलाई बोझ पर्नेगरी मन्त्रिमण्डल बनाउने प्रदेश सरकारहरुकै विकल्प खोजी गर्नुुपर्ने धारणा समेत पछिल्लो समय व्यापक हुँदै गएको छ । यता सरकारले भने मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा आवास दिने भन्दै भवन नै हस्तान्तरण गरेको छ ।

एउटा हिसाबले काठमाडौंमा समेत भवन दिने सरकारको निर्णय सकारात्मक देखिएको भएपनि यसले सरकारी खर्च अरु बढाउने छ । किनकि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई आवास मात्रै होइन, अब ती आवासमा सुरक्षाकर्मीदेखि अन्य कर्मचारीहरुको समेत व्यवस्था गर्नुपर्ने हुन्छ । यसले राज्यकोषको रकम थप खर्च हुनेछ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ५३ बजे