काठमाडौं । भक्तपुरको जगातीमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदेश २–०३–००१ज ०१४७ नम्बरको विंगर चालक २८ वर्षीय जनक भुजेल, बा४ख ८०७५ नम्बरको मिनीबस चालक ३८ वर्षीय प्रभाषकुमार झा र ना५ ख ९१५९ नम्बरको कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका का लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले १४ सवारीसाधनका चालकलाई चेक गर्दा तीन जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।
प्रतिक्रिया