Logo

मुख्य समाचार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक समापन हुँदै, राजतन्त्रको अजेन्डामा फर्केको घोषणा गरिने



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज समापन हुँदै छ । सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्बजनिक गर्नेछ ।

हिजोदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन् । सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रिय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भईसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ५१ बजे