काठमाडौंं । नेकपा एकीकृत समाजवादीले आगामी माघ महिनामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले माघ १४ गतेदेखि १८ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गरिने जानकारी दिदै आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया