Logo

अर्थ

हिमालयन बैंकले गर्‍याे कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग



काठमाडाैं । हिमालयन बैंकले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा वरपरको क्षेत्रको सौन्दर्यीकरणमा खर्च गर्नेछ ।

कान्ति बाल अस्पतालमा आज आयोजित कार्यक्रममा उक्त रकम प्रदान गर्ने सहमति भएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका छन् ।

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ८ : ४४ बजे