Logo

मुख्य समाचार

राप्रपा नेपाल केन्द्रीय समिती बैठक आजबाट शुरु



काठमाडौं । राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै छ । बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ ।

पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन प्रस्तुत हुनेछ ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक संजालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ६ : ४४ बजे