Logo

Breaking News 1

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च जाँदै एमाले



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदै छ ।

संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् ।

‘हाम्रो कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैँछौं’ उनले भने । यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले  त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।

पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिदाँ सभाध्यक्षको मतसमेत जोडे पछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ४६ बजे