Logo

मुख्य समाचार

धनगढीबाट लागूऔषधसहित एकजना पक्राउ



धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक ग्राम लागूऔषधसहित जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन् ।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ५२ बजे