Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४४ रूपैयाँ बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२ रुपैयाँ र बिक्री दर ८५.४१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा खरिदबिक्रीकाे अनुमति पाएसँगै दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ र बिक्री दर ३५.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ कायम हुदाँ कुवेत दिनार १ को खरिदमूल्य ४३०.६१ पैसा  विक्रीदर ४३२.५६ पैसामा काराेबार हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ४३ बजे