काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले बयान लिएको हो ।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २६ गते दायर गरेको मुद्दामा पनि गच्छदारलाई अभियुक्त बनाएको छ । उनलाई ९ करोड ६५ को बिगो दाबी गरिएको थियो ।
विषेश अदालतले गच्छदारलाई २०७८ असोज ३० मा १० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।
प्रतिक्रिया