Logo

Breaking News 1

सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई



काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ ।

बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए । तर, सीआईबीले बयान नलिई फर्काएको जोशीले बताएका छन् ।

‘पहिलोपटक सीआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन,’ उनले भने ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : २० बजे