Logo

मुख्य समाचार

आजकाे विदेशी मुद्राकाे विनिमयदर, चाइनिज युआनकाे भाउ १८ रूपैयाँ नाघ्याे



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आज सोमबारका लागि विभिन्न मुलुकका मुद्रा विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २७ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।

आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको छ विक्रीदर ८५ रुपैयाँ ३५ पैसा कायम हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ९३ पैसामा, सिंगापुरे डलर ९७ रुपैयाँ ७६ पैसामा काराेबार हुनेछ ।

जापानी येन १० को ९ रुपैयाँ १३ पैसा भाउँ पाउँदा चाइनिज युआन भने १८ रुपैयाँ २२ पैसा खरिददरमा र विक्रीदर भने १८ रुपैयाँ ३० पैसामा काराेबार हुनेछ ।

यस्तै,खाडी मुलुकहरु मध्ये युएई दिराम ३६ रुपैयाँ १२ पैसा खरिददर, कुवेती दिनार ४३१ रुपैयाँ ०३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ९३ पैसा, कतारी रियाल ३६ रुपौयाँ ४० पैसा साउदी रियाल ३५ रुपैयाँ ३८ पैसामा काराेबार हुनेछ ।

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ४६ बजे