Logo

Breaking News 1

संसद खुलाउन आज पनि सर्वदलीय बैठक



काठमाडौं । संसद्  गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्बदलीय बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक  दिउँसो ४ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ ।

तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दल आ आफना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद चल्न सकेको छैन् ।

यसबीचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।

यद्धपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाईएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ४१ बजे