Logo

मुख्य समाचार

संसद अवरोध हटाउन राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक



काठमाडौं । संसदको गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि उनले सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग समेत छलफल गरेका थिए । सुन तस्करी प्रकरणमा छानविन गर्न उच्चस्तरिय छानविन समिति गठन गर्न माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरोध गदै आएको छ ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : १५ बजे