काठमाडौं । इंग्ल्याण्डलाई १-० ले पराजित गर्दै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि उचालेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
खेलको १६औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बारमाथि लागेर फर्किएको हो । १७औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन् ।
स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाइन् ।यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।
प्रतिक्रिया