Logo

Breaking News 1

निष्कर्षविहीन सर्वदलीय बैठक



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिएका उनले बैठकपछि भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमाम सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ४१ बजे