Logo

मुख्य समाचार

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड रहेको पुष्टि



काठमाडौं । ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको हो । तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नेपाली नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म यो प्रकरणमा २३ जनालाई पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ४५ बजे