Logo

Breaking News 1

तालिबान सरकारमा आइएसको खुसपैठ, अंगरक्षकले मारे तालिबान कमाण्डर



काबुल । आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्त, अफगानिस्तानको अन्तरिम तालिबान सरकार भित्र पनि प्रवेश गरेको खुलेको छ ।

अफगानिस्तानमा एक तालिबान कमाण्डरलाई उनको अंगरक्षकले गोली हानी मारेको घटनाको अनुसन्धान गर्दै जाँदा उनको हत्या गर्ने ती अंगरक्षक आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तसँग सम्पर्कमा रहेको खुलेको थियो ।

आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तको यो आन्तरिक गठबन्धन अफगानिस्तानको कुन्दज प्रान्तमा तालिबान कमाण्डर शमिउल्लाह नफिजको आफ्नै घरमा मारिएपछि प्रकाशमा आएको हो। तालिबान उच्च कमाण्डले यो हत्यालाई अत्यन्तै अप्रिय लागेको जनाएका छन् किनभने समिउल्लाह नफीज तालिवानको लागुऔषध विरोधी अभियानका प्रमुख थिए र उनीसँग भारी सुरक्षा व्यवस्था थियो।

उनको पूरै घरमा राखिएका सिसिटिभी फुटेज जाँच गर्दा यो हत्याको रहस्य खुल्यो । जब तालिबान कमाण्डर र उनको टोलीले यो सीसीटीभी फुटेज देखे, उनीहरूले पाए कि जब समिउल्लाह नफिज आफ्नो घरको बैठकबाट आफ्नो शयनकक्षमा जाँदै थिए तब पछाडि आएका उनका अंगरक्षकले उनलाई गोली हानेर भागेका थिए।

अनुसन्धानका क्रममा समिउल्लाह नफीजका अंगरक्षक आतङ्ककारी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तका केही व्यक्तिसँग सम्पर्कमा रहेको पत्ता लागेको थियो ।

यो पनि रोचक छ कि यो अंगरक्षक लामो समय देखि उनको साथमा थिए र तालिबानमा सबै भन्दा राम्रो लडाकुहरु मानिने गरिएको थियो ।

अहिले तालिवानको आत्मघाती टोलीले यो अंगरक्षकको खोजी गरिरहेको छ । तर यस घटनाले इस्लामिक स्टेट खोरासान प्रान्तको जरा अफगानिस्तानको अन्तरिम तालिबान सरकार भित्रै रहेको प्रमाणित गरेको छ। यस्तो अवस्थामा तालिबान कमाण्डरहरूले आगामी दिनमा ठूलो बोझको सामना गर्नुपर्ने हुनसक्छ । यसअघि पनि इस्लामिक स्टेट खोरासान प्रान्तले सार्वजनिक रूपमा नै आफ्ना मानिसहरू तालिबानभित्र रहेको र समय आएपछि उनीहरूले आफ्नो रूप देखाउने बताएको थियो।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ८ : ३३ बजे