काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका छन् ।
अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका हुन् ।
२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांक ट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ श्रावण १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आईरहेको छ ।
हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भै अन्य स्थानमा जाने ट्यांकरहरूमा पनि लक गरी पठाउने गरिएको छ । ट्यांकट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो ।
प्रतिक्रिया