Logo

Breaking News 1

माओवादीले थप्यो दुईजना केन्द्रीय सदस्य



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनीत गरेको छ ।

माओवादीले ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो ।

गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो ।

दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ४ : २६ बजे