Logo

Breaking News 1

बागेश्वर बाबा काठमाडौंमा, प्रधानमन्त्री दाहाललाई भेटदै



काठमाडौ‌ं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् ।

नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन ।

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।

भोली उनी चौधरी समुहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन् ।  जहाँ उनले भदाै‌ २ देखी ४ गतेसम्म हनुमान कथा बाचन गर्नेछन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : ३२ बजे