Logo

Breaking News 1

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने नागरिक उन्मुक्ती पार्टीको चेतावनी


३२ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सं‌रक्षक रेशमलाल चौधरीले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले टिकापुर घटनाको मुद्धामा फैसलाको पूर्णपाठ सार्वजानिक गरेकै दिन चौधरीले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । सर्वोच्चको आदेशमा राष्ट्रपतिबाट आम माफी पाएका चौधरीको रिहाइको विषयमाथी गम्भीर प्रश्न उठाइएको छ।

चौधरीले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त प्रतिवेदन सार्वजानिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १० : ४२ बजे