काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशस गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ बनाएको हो ।
साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको मन्त्रालयले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्तासहित १७ हजार ३ सय बनाएको हो ।
दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ भने आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको छ ।
प्रतिक्रिया