Logo

धर्म / संस्कृति

यस्ताे छ आजकाे राशिफल !



काठमाडाैं । आज मिति २०८० भदौ १ गते, शुक्रवार, १८ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष द्वितीया तिथि, १८ः०० बजेपछि तृतीया। पूर्वफाल्गुनी नक्षत्र, २२ः१४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह।

मेष राशि

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

बृष राशि

देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

मिथुन राशि

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।

कर्कट राशि

बोलीको प्रभाव कमजोर बन्नेछ भने चिताएको काम पनि सम्पादन नहुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। फाइदा हुने काममा गरिने सम्झौता तत्काललाई रोकिन सक्छ।

सिंह राशि

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कन्या राशि

धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ।

तुला राशि

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

बृश्चिक राशि

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्।

धनु राशि

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्, होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले पनि दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।

मकर राशि

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला।

कुम्भ राशि

मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। धन र भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

मीन राशि

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ। तापनि मिहिनेतले उपलब्धि दिलाउनेछ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ५ : ३० बजे