काठमाडौं । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएकोमा खुला गरिएको बताइन् ।
‘कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भनिन् ।
जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ । त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्रिष्टल क्वार्ज) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया