Logo

समाचार

अवैध लागूऔषधसहित एकजना पक्राउ, दुईजना हत्या अभियुक्त प्रहरी नियन्त्रणमा



सिरहा। सिरहा प्रहरीले अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका ४ तेनुवाट्टीबाट स्थानीय ६५ वर्षीय फुदन पासवानलाई ३६ केजी अवैध लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध गाँजाको ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पछ्याउदै बडियारपट्टी पुगेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए।  गाँजा लिएर आउँदै छ भन्ने सूचनाका आधारमा प्रहरीले पछ्याउँदै गएर पक्राउ गरेको प्रहरीको भनाई छ। धनगढीमाई नगरपालिकाको उत्तरी सीमाक्षेत्रबाट तस्करहरुले गाँजा भारतसम्म पुर्‍याउने गरेको जानकारहरु बताउँछन्। पक्राउ परेका पासवानलाई आजै सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।

किशोरी राय कुर्मी हत्या अभियोगमा दुई युवक पक्राउ

मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मीको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वर्षीय रबिन सदा र मिचैया ५ का २० वर्षीय दिपक सदालाई पक्राउ गरेका हुन्।

मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मीको गत असार ११ धारीलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएको थियो। प्रहरीले घटनास्थल नजिकै मिर्चैया नगरपालिका ६ जिवा टोलस्थित ज्ञानी केसीको आँप बगैचामा भेटिएको रगत लागेको हाफ सर्ट र जिन्सको हाफ पाईन्ट, मिर्चैया ५ का दिपक सदाको सीडीआर विवरण र घटनास्थलको वीटीएस डाटाकोआधार र मिसिल प्रतिवेदन प्रतिवेदनको आधार उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले चोरी गर्ने उद्देश्यले त्यहाँ पुगेका युवकहरुले हत्या गरेको बताएको छ। पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिहेको जनाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ३३ बजे