Logo

समाचार

एमालेको अवरोधपछि एक साताका संसद बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

सोमबार बसेको बैठकमा पनि एमाले सांसदको नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले एक साताका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठकको कार्यसूचीमा रहेका सबै विषय हटाएको जानकारी दिँदै सभामुख घिमिरेले आउँदो ३ भदौ आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : १८ बजे