Logo

अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।  साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन   १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

साेमबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : ०६ बजे