Logo

Breaking News 1

गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ, अरू विषयमा बोल्न गृहमन्त्री रोष्ट्रममा जानु अनौठो कुरा हो : केपी ओली



काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले  राजीनामा दिनुपर्ने बताएका हुन् ।

आफ्नो  राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको गनको भनाइ छ ।

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने , “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ… राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”

केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।त्यसको जवाफ ओलीले दिएका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : ११ बजे