Logo

समाचार

अख्तियारद्वारा आज विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाम जिल्ला , माई नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुमार बहादुर बराईलीसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

प्रक्रिया नपुर्‍याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समुहको निर्णय विना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी रु.४,००,०००।- र आफू अनुकूल किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाई, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन उपभोक्ता समुहको रु.११,०५,९३०।– समेत गरी कुल रु.१५,०५,९३०।–भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गर्ने कार्य गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १ : ०५ बजे