Logo

अर्थ

सुनचाँदीको भाउ स्थिर



काठमाडौ । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।

आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : ०२ बजे